‘मिरमिरे’को शीर्ष गीतमा त्रिकोणात्मक प्रेम


Capital Headline
प्रकाशित मिति : मंगलबार, पौस ८ २०८२
2.7K
SHARES

८ पुस काठमाडौं । चलचित्र ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर छ । शब्द तथा संगीत पनि प्रकाश सपूत स्वयंको छ ।सार्वजनिक गीत ‘मिरमिरे भो’मा युवा र युवतीबीचको प्रेम छ । एकले अर्कोलाई देखेपछिको आकर्षण छ । सुन्दरतामा मोहित भएपछिको कथा गीत र भिडियोमा उल्लेख छ ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्रको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । यो गीतको भिडियोमा त्रिकोणात्मक प्रेम छ ।  मघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।