क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १३ २०८२
4.2K
SHARES

१३ पुस काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । वाल्डो क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनका अनुसार, शुक्रबार (पुस ११) राति च्यानलाई पक्राउ गरिएको हो । इभेन्टका नाममा क्यासिनोमा नेपालीलाई प्रवेश गराएर प्रविधिको प्रयोग गरी ठूरो हारजित गराउने गरेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि उक्त क्यासिनोबाट चार भारतीय नागरिक र दुई नेपाली महिलालाई पक्राउ गरेको थियो ।