नौ दिनमा ‘परिवर्तन’ले गर्यो ३१ लाख ग्रसकलेक्सन
१९ माघ काठमाडौं । चलचित्र ‘परिवर्तन’ले ३१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । माघ ९ गतेबाट प्रदर्शनमा आएको चलचित्रले शनिबार रातिसम्म ३१ लाख नौ हजार ९२५ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । सुशील श्रेष्ठ र अञ्जना बराइली मुख्य भूमिकामा थिए ।माघ १ गते प्रदर्शनमा आएको ‘गोबर गणेश’ले एक करोड ३६ लाख २० हजार ८६६ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । मरिचमान श्रेष्ठको निर्देशन रहेको ‘गोबर गणेश’ मरिचमान र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन् ।
यम शेर्पाले निर्देशन गरेको ‘मिरमिरे’ले ३३ लाख ९३ हजार ७२५ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूत मुख्य भूमिकामा छन् । निगम श्रेष्ठले निर्देशन गरेको ‘भाईरल गोर्खे’ले ३६ लाख १० हजार ९२५ रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यसमा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् ।