१४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, फाल्गुन १० २०८२
1.8K
SHARES

१० फागुन काठमाडौं । सिराहाको औरहीबाट प्रहरीले १४ लाख रुपैयाँ नगदसहित २१ वर्षीय युवकलाई पक्राउ गरेको छ।  औरही गाउँपालिका-५ औरही चोकबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित सिराहाकै बरियारपट्टी गाउँपालिका-३ शिवनगर बस्ने २१ वर्षीय संजित कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले स.१० प ४०५ नम्बरको मोटरसाइकलसहित यादव पक्राउ परेका छन्।

उनको साथबाट १४ लाख नगदसँगै एक थान मोबाइल पनि बरामद भएको छ।  जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।