गण्डकी गाउँपालिकाले निर्वाचन अवधिभर आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गर्ने


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २० २०८२
2.2K
SHARES

२० फागुन गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आकस्मिक स्वास्थ्य सेवा तयारी अवस्थामामा राखिएको जनाएको छ ।फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले निर्वाचन अवधिभर एम्बुलेन्स सेवा २४ सै घण्टा सञ्चालनमा राख्ने जनाएको हो।

निर्वाचनका क्रममा कुनै पनि आकस्मिक स्वास्थ्य समस्या उत्पन्न भएमा तुरुन्त सेवा उपलब्ध गराइने तथा आवश्यक समन्वय गरी उपचारको व्यवस्था गरिने गाउँपालिका अध्यक्ष दीपक तिमल्सिना साकारले जानकारी दिए ।

सेवा उपलब्ध हुने स्वास्थ्य संस्था:

मकैंस प्राथमिक स्वास्थ्य केन्द्र – ९८०७९५७३२२

भूम्लिचोक स्वास्थ्य चौकी – ९८४७४५४६२९

दर्बुङ स्वास्थ्य चौकी – ९८२७६४७५०२

गाउँपालिकाले सम्पूर्ण मतदातालाई ढुक्क र सुरक्षित वातावरणमा मतदान प्रक्रियामा सहभागी हुन समेत आग्रह गरेको छ।