कैलालीमा ३० वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २५ २०८२
1.3K
SHARES

२५ फागुन काठमाडौं । कैलालीमा श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ परेका छन् । ३० वर्षीया सरस्वती अबस्थी जोशीको हत्या गरेको अभियोगमा उनका श्रीमान् धनगढी उपमहानगरपालिका-७, देवरिया बस्ने ३५ वर्षीय डम्मरराज जोशीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार डम्मरराजले शनिबार राति धारिलो हतियार प्रहार गर्दा सरस्वतीको घटनास्थलमै मृत्यु भएको थियो ।वारदात स्थानबाटै फरार भएका उनलाई प्रहरी चौकी ढकेरी शम्सेरगंज बाँकेबाट खटिएको प्रहरीले बाँके राप्ती सोनारी गाउँपालिका-८ ओभरीबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।