स्रोत नखुलेको साढे १० लाख नगदसहित दुईजना पक्राउ


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १ २०८२
741
SHARES

१ चैत काठमाडौँ । काठमाडौं महानगरपालिका–१ जय नेपाल हलनजिकबाट स्रोत नखुलेको १० लाख ६३ हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनील श्रेष्ठ पक्राउ परेका प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले हिटीपोखरीबाट नागपोखरीतर्फ जाँदै गरेको बाप्र ०२ ५२ प ६९९४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।