घुससहित सशस्त्र प्रहरीका इन्सपेक्टर पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०८२
1.8K
SHARES

२० चैत जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले घुसको रकमसहित सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ ।  आयोगले स्टिङ अपरेशन गरी प्रहरी निरीक्षक ओकिल अधिकारी  पक्राउ परेका हुन् ।पूर्व–पश्चिम राजमार्गमा रहेको धनुषाको लालगढबाट  पक्राउ परेको आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले नेपाल प्रेसलाई बताए ।

अधिकारी पोखरेलका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो ।

सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ । निरीक्षक अधकारीलाई नियन्त्रण लिइ उनीमाथि थप अनुसन्धान भइरहेको अधिकारी पोखरेलको भनाइ छ ।