जुवातास खेलिरहेका १४ जना समाति


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १५ २०८३
798
SHARES

१५ बैशाख काठमाडौं । कैलाली र कास्कीमा जुवातास खेलिरहेका १४ जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१, शान्तिनगर बस्ने ३८ वर्षीय धर्वेन्द्र कोलीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ३०० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–१५, टुटुङगा बसपार्कस्थित सोही महानगरपालिका–१३, मियापाटन बस्ने ४१ वर्षीया चन्द्रा गुरूङले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा चन्द्रासहित आठजनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ३२० रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।