उपसभामुख रुवी कुमारी अस्पताल भर्ना


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १६ २०८३
1K
SHARES

१६ बैशाख काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । सुगरको लेभल कम भएर उनी ललितपुरस्थित किस्ट अस्पताल भर्ना भएकी श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जानकारी दिए ।  उनले  भने, “उहाँको शरीरमा सुगर कम भएछ । अहिले अस्पतालमा उपचार भइरहेको छ । हामीले उहाँलाई भर्ना गरेर उपचार गराइरहेका छौँ ।”

उपसभामुख बिरामी भएपछि श्रम संस्कृति पार्टी विपक्षी दलको बैठकमा सहभागी भएको छैन ।  सांसद राईले उपसभामुखको उपचारमा व्यस्त भएपछि बैठकमा जान नसकेको बताए ।