सवारी दुर्घटना रोक्न सम्बन्धित सबैको गम्भीर ध्यान जावोस -अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ २० २०७७
16.4K
SHARES

२० जेष्ठ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका सवारी दुर्घटना रोक्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।अध्यक्ष प्रचण्डले बाँकेका राप्ती सोनारीमा गएराति भएको दुर्घटनाले स्तव्ध बनाएकोे भन्दै घाइतेहरुको निःशुल्क स्वास्थ्यउपचार व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले भनेका छन्, ‘पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा हिजो राति भएको सवारी दुर्घटनाको खबरले स्तब्ध भएको छु । उक्त दुर्घटनामा निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’ साथै प्रचण्डले घाइतेहरुको निःशुल्क स्वाथ्योपचार र शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । ‘लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका यस प्रकारका सवारी दुर्घटना रोक्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण पनि गराउँदछु’, अध्यक्ष प्रचण्डले भनेका छन् ।