महाधिवेशनका लागि खुल्लामञ्चमा तयारी पूरा
१८ असोज काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि खुल्लामञ्चमा तयारी पूरा भएको छ । अहिले महाधिवेशन प्रतिनिधि, कार्यकर्ता, समर्थक एवम् शुभेच्छुक खुलामञ्चमा जम्मा हुन थालेका छन् । आज (आइतबार) दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुँदै छ । महाधिवेशनका लागि कलंकी, बालाजु, गौशाला, कोटेश्वर, लाजिम्पाट, चाबहिल, ठमेल, नयाँ बसपार्क, सुन्धारालगायत क्षेत्रमा प्रतिनिधिहरूको बसोबासको व्यवस्था तय भएको छ ।
महाधिवेशनस्थलमा पुग्ने निजी सवारीसाधनका लागि आयोजक समितिले पुरानो बसपार्क, भृकुटीमण्डप, राष्ट्रिय सभागृह, धरहराको भूमिगत पार्किङ, प्रज्ञा प्रतिष्ठान तथा दरबारमार्गस्थित अन्नपूर्ण होटेल परिसरमा पार्किङको व्यवस्था गरेको छ ।