सडक आन्दोलन र स्थानीय निर्वाचनमा एमालेसँग मिलेर जान्छौँ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज १७ २०८३
418
SHARES

१७ असोज काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्टहरूसँग सहकार्य गर्ने बताएका छन्। नेकपाको काभ्रे जिल्लाको एकता बैठकलाई सम्बोधन गर्दै विचार मिल्नेहरूसँग पार्टी एकता गरेर जाने निर्णय पार्टीले गरेको जानकारी गराए ।

उनले भने, ‘केन्द्रीय कार्यसंयोजन समितिको बैठकको सर्वसम्मत निर्णय कार्यान्वयन गराउनको लागि नै हामीले एमाले र नेकपा मसालसँग कार्यगत एकता सुरु गरेका छौँ । सातै प्रदेशमा आवश्यकता अनुसार सरकारमा सहभागी भएका छौँ।’

आगामी दिनमा सदन र सडकको सङ्घर्षमा सहकार्यमा सहकार्य गर्दै जानुपर्ने बताए । उनले थपे, ‘आउने दिनमा सडक आन्दोलन, सदनभित्रको बहस छलफलमा, स्थानीय र प्रदेशसभाको निर्वाचनमा पनि यो सहकार्यलाई सुदृढ गर्दै जानुपर्छ ।’
आगामी महाधिवेशनले पार्टी संगठनलाई चुस्त बनाउने र युवाहरूको सहभागिता सुनिश्चित गर्ने बताए ।