गगनले पठाए देउवालाई महाधिवेशनमा प्रमुख अतिथिको निम्तो


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज १७ २०८३
437
SHARES

१७ असोज काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई निम्तो गरेका छन् ।

सभापति थापाले सहमहामन्त्री योगेन्द्र चौधरीकाे नेतृत्वमा देउवालाई निम्तो दिन निवासमै पठाएका थिए । निवासमै पुग्दा समेत देउवासँग आफूहरूकाे भेट हुन नसकेकाे सहमहामन्त्री चाैधरीले बताए ।

देउवाका स्वकीय सचिव भानु देउवासँग समेत सम्पर्क हुन नसकेपछि देउवासम्म पुग्न नसकेको बताए । आफूहरूले सभापति थापाकाे हस्ताक्षर भएकाे निमन्त्रणा पत्र निवासमा छाडेर फर्किएकाे बताए । कांग्रेसकाे महाधिवेशन भाेलि उद्घाटन हुँदै छ। याे महाधिवेशनमा देउवा पक्ष सहभागी छैन ।