पत्रकार विश्वकर्मा गिरफ्तार


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०७७
16.7K
SHARES

३० जेष्ठ काठमाण्डौ । रिर्पोटिङमा खटिएका पत्रकार लोकेश विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको छ । रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै विप्लव निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले गरेको शान्तिपूर्ण विरोध कार्यक्रमको रिर्पोटिङ गरिरहेका विश्वकर्मालाई बिहिबार प्रहरीले किर्तिपुरबाट गिरफ्तारी गरेको हो ।

विश्वकर्मा संगै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य उषाकिरण आजादलाइ पनि गिरफ्तार गरेको छ ।
विश्वकर्मा राजनीति डट कम अनलाईनका सम्पादक हुन । गत शनिवार घटेको रुकुम घटनामा दलित युवा नवराज बिक सहित ५ जनाले ज्यान गुमाएका थिए ।