नेपालमा सलह किरा भित्रियो


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १३ २०७७
9.5K
SHARES

१३ असार काठमाडौं । नेपालमा सलह किरा भित्रिएको छ । बाराकाे निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए ।

‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका छन्, प्राविधिक टोली खटिएको छ,’ प्रवक्ता केसीले भने ।दुवै जिल्लामा प्राविधिकसहितकाे टाेली परिचालन भइसकेकाे प्रवक्ता डा.केसीले बताए ।सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन ।