भाेलिकाे काँग्रेसलागि ;चिन्ता हाेईन चिन्तन


Capital Headline
प्रकाशित मिति : शनिबार, साउन २४ २०७७
11.2K
SHARES

२४ साउन काठमाडौं । आजका काँग्रेस आफ्नाे इतिहासकाे गाैरव गाथा गाएर प्रफुल्लित हुने गर्दछन् । यसका नेताहरुकाे प्रवचन, भाषण वा कुरा सुन्याे भने त्यहि विजयकाे विम्व पाइने गरिन्छ । धेरै थाेरै विद्वानहरुले मात्र भाेलिकाे काँग्रेस कस्ताे हुनु पर्छ भनेर टाउकाे दुखाउँछन् । दुखद त त्याे छ ; ती विद्वानलाई आजका युवा भन्नेले समेत टेर पुच्छर लगाउदैनन् , यसकाे एउटै कारण छ , दाइ दिदी प्रथाकाे स्कुलमा हुर्किएकाे जथ्था । काँग्रेस; नठाँटी भन्ने हाे भने एउटा मुख्य जथ्था र त्यस भित्रका साना टुकडि समूह बाहेक केही रहेकाे देखिदैन । एउटा काँग्रेस भएर त्यहि जथ्था वनाएर शक्ति हत्याउन कम्मर कस्ने कि यसकाे नयाँ परिभाषा , नयाँ दृष्टिकोण सहितकाे नयाँ गन्तव्यका लागि वहश पैरवि शुरु गर्ने ? याे आजकाे प्रश्न हाे । सबै पाठ्य तथा श्रव्य सामाग्रीमा काँग्रेसकाे नेतृत्वमा वुढा मानिसहरु रहेकाले याे दुर्दशा भएकाे भनिने गरिएकाे छ ।

यसकाे वास्तविक पक्ष एक एक केलाउने प्रयास कतैबाट भएकाे छैन । काँग्रेसकाे संगठनकाे जग गाउँ वा नगर कार्य समिति हाे जहाँ अाजै ६०% भन्दा बढि ५० वर्ष उमेर नकटेका नै सदस्य छन् । जिल्ला समितिमा पनि उल्लेखनीय उमेर दृष्टिले कम उमेरका नै छन् । यस पार्टीका समितिहरुमा ७०% मानिसहरु जनजाति , महिला , दलित , मधेसी र थारु समुदायले कब्जा जमाउन थालेकाे एक दशक वढि भईसकेकाे छ । अध्ययन गराैं थाहा लाग्छ । यसकाे नेतृत्वमा अाज पनि प्रशस्त , वहुमत संख्या महिला, दलित, जनजाति , मधेसी , थारु र अल्पसंख्यकले स्थान पाएका छन् । मानिसले अालाेचना गरे जस्ताे याे दल भित्र वृद्धहरु मात्र छन् भन्ने कुरा सत्य हाेईन ।केन्द्रीय समितिमा हेर्नुस् , ६५% मानिसहरु युवा (५८ वर्ष कमका) , महिला , दलित , जनजाति , थारु, मधेसी तथा विकट क्षेत्रकाे प्रतिनिधि गर्नेहरु नै छन् । र पनि याे पार्टीको नेतृत्वमा आउन नपाएको भनेर गाली गर्न छाड्दैनन् । ताजुव त्यहाँ नीर छ कि यति विघ्न समावेशी र स्वतन्त्र पार्टी भएर पनि किन जनजाति , मधेसी , दलित , महिला , अल्पसंख्यक तथा पिछडा क्षेत्रमा सर्वसाधारण मानिसले याे पार्टीका नेतालाई भाेट हाल्न छाडे । ती ती समुदायबाट पार्टीको नेतृत्वमा पुगेकाे अनुपातमा भाेट ( अनुपातमा भनेकाे छु , भाेट अाउदै अाएन भनेकाे हाेइन नि ) अाएन ? यसवारे सर्वाेच्च नेताहरुले अध्ययन गराउन सकेनन् । केहि नयाँ दृष्टिकोण दिन खाेज्ने कार्यकर्ताहरु दमित भएर पछाडि लाग्नु पर्ने वाध्यता छ । समाबेशीता अाफैमा राम्रो पक्ष हाे ।

समाबेशीताकाे संसारभर एउटा निश्चित आयु हुन्छ । हाम्राे देशमा अजर अमर समाबेशीता छ । त्याे संविधानमा छ । त्याे नेपाली काँग्रेसकाे विधानमा छ । पार्टीको फाेरमहरुमा वडा, क्षेत्र , जिल्ला र केन्द्रमा याे छ । अवकाे १४ अाैं महाधिवेशनका लागि घाेषणा गरिएको नयाँ संशाेधित विधानमा सबै वर्ग र समुदायको मानिसकाे उल्लेखनीय प्रतिनिधित्वकाे सुनिश्चितता गरिएकाे छ । यद्यपि अाफ्नाे कृयाशिल सदस्यलाई पूरा जनसंख्या मानेर समाबेशी प्रतिनिधित्वकाे गणित मिलाउनु पर्ने प्रजातान्त्रिक पद्धतिलाई यहाँ अवलम्बन गरिएको छैन । यहाँ त देशकाे जनसंख्याको अनुपातमा भागवण्डा गरिएको छ । खुला प्रतिस्पर्धामा मात्र देशले स्तरीय सेवा पाउने सम्भावना वढि हुने यथार्थता त थियाे नै तथापि काँग्रेसमा प्रतिस्पर्धामा भन्दा सनातनि दाइ दिदी प्रथामा रमाउन बाध्य नयाँ पुस्ताबाट आधुनिक प्रजातान्त्रिक पद्धतिको रक्षा र सामाजिक परिवर्तनको सफल नेतृत्वकाे आशा गर्न कसरी सकिएला ? मानिसहरुकाे मनमा अविश्वास वढेकाे छ ।

संसारका कम्युनिस्ट एक हाैं । भन्ने नारा लगाएर नथाक्ने , घरभित्र कथित राष्ट्रबादकाे नारा दिएर जनता झुक्याउने बाहिर सिमा रहित विश्वकाे वकालत गर्ने , दिउसै रात पार्ने , झुटकाे सिद्धान्त बाेकेकाे कम्युनिस्ट याे देशमा सत्तामा स्थापित हुने अवस्था कसरी अायाे ? यसकाे गम्भीर अध्ययन र छलफल कहिँ भए झैं लाग्दैन । निर्मम वहश र त्यसकाे निष्कर्ष के आउथ्याे हाेला , यदि अनुसन्धान हुन्थ्यो भने ? भ्रमलाई अाशा मानेर कम्युनिस्टलाई मत दिएर पछुताएका जनताले अर्काे जनताकाे शक्तिको खाेजी गरेका छन् । काँग्रेसले त्याे जन समुदायलाई सम्वाेधन गर्न दृष्टिकोण र कार्यक्रममा स्पष्टता हुनु पर्ने अवस्था त छदै छ । फेरि अाउने प्रश्न त्यहि हाे , भाेलिकाे काँग्रेस कस्ताे हुने ? व्यक्तिको स्वायत्तता र स्वतन्त्रताकाे मुख्य पहरेदार हाे भनेर अहिलेका विश्वविद्यालयमा अभ्ययनरत विद्यार्थीलाई कसरी विश्वासमा लिने ?

भाेलिका दिनमा पथ प्रदर्शक मात्र नभएर संरक्षक नै काँग्रेस पार्टी नै हाे भनेर अहिलेका ७८ लाख किशाेर किशोरीलाई कसरी विश्वासमा लिने ? आउने दिनमा नेपाल आए पछि फर्कन मन नलाग्ने गरि तपाईं सबै विदेशमा रहने ५० लाख नागरिककाे विश्वासकाे केन्द्र नेपाली काँग्रेस पार्टी हाे भनेर , भाेलिकाे देशकाे सचित्र काेर्न कसरी सकिएकाे छ त आजका दिनमा ? काँग्रेस पुरानाे पार्टी हाे यसलाई तिम्राे अमुल्य मत देऊ , भन्ने फरमानकाे आधारमा काँग्रेसले मत प्राप्त गर्ने सम्भावना कति छ त ! नयाँ आर्थिक क्रान्ति सम्पन्न गर्ने कार्यभार पूरा गर्न निकट भाेलिकाे काँग्रेस कस्ताे हुनेछ त ? यसकाे श्याम श्वेत तस्विर मात्र हाेईन जिवित सचित्र विना अवकाे डिजिटल पुस्ताले पत्याउन सक्दैन । त्याे डिजिटल पुस्ताकाे जवरजस्त उपस्थिति र हस्तक्षेप विना भाेलिकाे काँग्रेसकाे अस्थित्व रहला कि नरहला ? प्रश्नकाे उत्तर त्यहिँ छ , जहाँ मञ्च छ , जहाँ नेम प्लेट छ । भाेलिकाे नेतृत्व साँच्चै व्रम्हाण्ड वुझेकाे , चेतनशील , चिन्तनशील र कन्भिक्सन भएकाे हुनु अबश्य पर्छ । त्यसका लागि पनि त भाेलिकाे काँग्रेसकाे परिवर्तित सन्दर्भमा त्यहि अनुरुप राजनीतिक , धार्मिक , सास्कृतिक प्रतिवद्दता सहित विश्व अर्थतन्त्रसंगै काँध मिलाएर दाैडन सक्ने आर्थिक नीतिकाे घाेषणा गरेर नयाँ पुस्ताका लागि नयाँ नीति सिद्धान्त स्थापित गर्न ढिला गरिनु हुन्न भन्ने नै आजकाे दिनकाे परिस्थितिले ल्याएकाे निस्कर्ष हाे । अवश्य यहि हाे ।-युवराज बस्ताकोटी लेखक नेपाली काँग्रेसका युवा नेता तथा शिक्षाविद् हुन् ।