फ्रान्सका स्वास्थ्यमन्त्री भन्छन , ‘परीक्षणको दायरा बढाएर नभई, लकडाउन खुकुलो पर्नाले संक्रमित बढायो’


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र ८ २०७७
4.2K
SHARES

८ भदौ काठमाडौं ।फ्रान्सका स्वास्थ्यमन्त्रीले कोरोनाभाइरस संक्रमितको संख्या बढेका कारण देशमा संकटको स्थिती भएको बताएका छन् ।जर्नल डू डिमांश पत्रिकालाई दिएको अन्तरवार्तामा ओलिवियर वेवांले परीक्षणको दायरा बढाएका कारण संक्रमितको संख्या धेरै देखिएको होइन भन्ने अभिव्यक्ति दिएका छन् ।

उनले फ्रान्समा कोरोनाको प्रकोप कहिले पनि नरोकिएको बताएका छन् ।उनले लकडाउनका कारण संक्रमितको संख्या नियन्त्रणमा रहेको र खुकुलो बनाएपछि संख्यामा वृद्धि हुन थालेको पनि बताए ।उनले पत्रिकासँग भने, ‘फ्रान्समा मात्रै होइन पूरा युरोपमा यस्तै हाल छ ।’

उनका अनुसार ४० देखि ६५ वर्ष बीच उमेर समूह भएकाहरुमा संक्रमण चार गुणा तीब्र रुपमा फैलिएको हो । युवाले संक्रमणलाई वृद्ध–वृद्धासम्म अत्यधिक फैलाएपछि स्थिती थप भयावह हुनसक्छ ।शनिबार फ्रान्समा ३६ सय २ नयाँ संक्रमित भेटिएका थिए । यस्तै, बिहिबार र शुक्रबार ४ हजार नयाँ संक्रमित फेला परेका थिए । फ्रान्समा हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।- बीबीसी