१८औँ नाडा अटो शोको भव्य तयारी


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र १ २०८३
114
SHARES

१ भदौ काठमाडौँ । आगामी भदाै ९ गतेदेखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा १८औँ नाडा अटो–शो भव्य रूपमा आयोजना हुने भएको छ ।

अटोमोबाइल क्षेत्रको छाता सङ्गठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुन लागेको यस पटकको अटो–शोलाई स्वदेशी उत्पादन, एआई प्रविधि र रोबोटिक्स प्रदर्शनीको रूपमा विशेष बनाउने आयोजकको तयारी छ।

यो वर्ष नाडाले आफ्नो स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण जयन्ती मनाउँदैछ। यही ऐतिहासिक अवसर पारेर आयोजना गर्न लागिएको प्रदर्शनीले विगत पाँच दशकको अटोमोबाइल यात्रा, वर्तमानको अवस्था र भविष्यको मोबिलिटी मार्गचित्रलाई एकै मञ्चमा प्रस्तुत गर्नेछ।

विगतका वर्षहरूमा सामान्य गाडी मेलाको रूपमा मात्र चिनिने अटो शो यसपटक भने आधुनिक प्रविधि र स्वदेशी उत्पादनको बृहत् सङ्गम बन्ने नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताए।