नेप्सेमा सामान्य गिरावट


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र १ २०८३
228
SHARES

१ भाद्र काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव २५ अंकले घटेर २,६४१ को विन्दुमा कायम भएको छ । आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५० कम्पनीको १ करोड १९ लाख ३२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोको ३८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १६ करोड ४१ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । माउन्ट एभरेष्टका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले ११ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ६ दशमलव ६३ प्रतिशतका दरले गुमाएका हुन् ।