नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १३ २०७७
4.3K
SHARES

१२ भदौ काठमाडौं । नेपाल आईडल सिजन ३ का एक सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण ग्राण्ड फिनालेको विजेता घोषित कार्यक्रममा जज र प्रतिस्पर्धीहरु अनुपस्थित रहेका छन् ।नेपाल आइडल निर्माण पक्षले भनेको छ, ‘ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुतीहरु सकिएपश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको सूचना प्राप्त हुन आएकोले प्रस्तुती पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा जजहरु आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो ।’

निर्माण पक्षका अनुसार प्रतिस्पर्धी तथा आम दर्शकको भावनालाई कदर गर्दै सुक्रबार बेलुका प्राप्त भोट तथा जजको मूल्यांकनको आधारमा अन्न्पूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले घोषणा गरेका हुन ।