थप तीन वटा अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा सूचीकृत
१२ भदौ काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार नौ सय ५७ र ६४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको छ । मन्त्रालयले यो जनशक्तिसहितको भौतिक पूर्वाधार थप गरेको जनाएको हो ।त्यस्तै कोभिड उपचारमा समन्वय गर्ने सिलसिलामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित नेपाल चिकित्सक संघ, स्वास्थ्यकर्मी संघ, नर्सिङ संघ लगायतको बैठक बसेर केही स्वास्थ्यसम्बन्धी निर्णय गरेको जनाएको छ । त्यस्तै शुक्रबार थप तीन वटा अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा सूचीकृत गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले जनाकारी दिएका छन् ।
सूचीकृत हुने अस्पतालमा वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पताल, काठमाडौँको कान्तिपुर र जनमैत्री अस्पताललाई कोभिड–१९ अस्पतालमा सूचीकृत भएका हुन् । हाल बन्द अवस्थामा रहेको जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गर्न काठमाडौं महानगरपालिका र वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले पहल गरेका थिए ।