अमेरिकामा राष्ट्रपतिबाट सपथ ग्रहण
७ माघ एजेन्सी । अमेरिकाको लागि आजको दिन धेरै नै महत्वको रहेको छ । जो बाइडन आज अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् । अमेरिकामा आजबाट बाइडेनको युगको शुरुवात हुने भएको छ ।
जो बाइडेनका साथै उपराष्ट्रपति कमला ह्यारिसले पनि आजै सपथ ग्रहण गर्ने भएकी छन् । सपथ ग्रहण कार्यक्रम क्यापिटल हिलमा भइरहेको छ । अमेरिकीका पूर्व राष्ट्रपतिहरु जर्ज बुस, बिल क्लिन्टन, र बाराक ओबामा उक्त समारोहमा सहभागी भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।
कडा सुरक्षा व्यवस्थाका बीच भइरहेको सपथग्रहण समारोहमा वासिङ्टनडिसीमा मात्रै २५ हजार राष्ट्रिय सुरक्षा गार्डले सुरक्षा प्रदान गरिरहेको बताइएको छ ।