ओली पार्टीको साधारण सदस्य समेत नरहने कारबाही


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १२ २०७७
6.6K
SHARES

१२ माघ काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । उक्त समुहको आइतबार बसेको स्थायी कमिटीको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो ।

यो समूहको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय लिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो । यसअघि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई पार्टीबाटै निकालिएको घोषणा गरेका थिए ।

प्रचण्ड–माधव पक्षले यसअघि ५ माघमा प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण पत्र पठाएको थियो । माघ २ मा पेरिसडाँडामा बसेको नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकको निर्णय बमोजिम ओलीसँग स्पष्टीकरण माग्दै बालुवाटारमा पत्र बुझाइएको थियो ।