ओली अहिले गाेहीकाे आँसु चुहाउँदै छन् – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १२ २०७७
8.7K
SHARES

१२ माघ काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वमाओवादी लडाकुलाई लोकतन्त्र योद्धाका रूपमा सम्मान गर्ने सरकारले गरेको निर्णयप्रति कटाक्ष गरेका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सबै जनआन्दोलन तथा जनयुद्धका सहिद तथा प्रभावितका परिवारलाई सम्मान र परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो।

यही निर्णयलाई पूर्वप्रधानमन्त्रीसमेत रहेको डा. भट्टराईले ‘पोहोर मरिन् सासू, ऐले आयो आँशु’ को संज्ञा दिएका हुन्।

डा.भट्टराईले लेखेका छन्,‛ पोहोर मरिन् सासू, ऐले आयो आँशु ? मेरो पालामा जारी TRCबेपत्तासम्वन्धी आयोगको अध्यादेश,द्धन्द्धपीडितलाई रु ५ लाख नगद प्लस रु ५ लाख तामाकोशीमा शेयर र ससम्मान परिचय पत्र,बहिर्गमित लडाकुलाई रु २ लाख राहात पछिल्ला सरकारले किन रोकेको ? अहिले गोहीको आँशु चुहाउँदै उधारो समिति गठन ? TRC टार्ने मेसो ?’