ओलीले गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो – अध्यक्ष नेपाल


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ १५ २०७७
7.2K
SHARES

१५ माघ बुटवल । आज नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव हुन्छ भनेर गरेको भविष्यवाणी असफल हुने बताएका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–माधव समूहले बुटवलमा गरेको विरोध सभामा नेता नेपालले २०६२/६३ सालको आन्दोलन चलिरहँदा ओलीले गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भनेर गरेको भविष्यवाणी असफल भएको स्मरण गरे ।१५ वर्षअघि २०६२–६३ को आन्दोलनका बेला पनि ओलीले गरेको बयलगाडाको भविष्यवाणी असफल भएको थियो’ पूर्वप्रधानमन्त्री नेपालले भने, ‘उहाँले समयको गति र प्रवाह बुझ्न सक्नुहुन्न, उहाँ समयको पछि लतारिने मान्छे हो, त्यसैले अहिले वैशाखको चुनावको भविष्यवाणी पनि असफल हुन्छ ।’