प्रधानमन्त्रीको विरोधमा भरतपुरमा टायर बालेर प्रदर्शन


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १७ २०७७
9.4K
SHARES

१७ माघ चितवन । आज प्रधामन्त्री केपी शर्मा ओलीको विरोधमा भरतपुरमा प्रचण्ड-माधव निकट निकट युवा विद्यार्थीहरुले नगर भित्र विभिन्न स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।                                                              स्थानिय तहसँग समन्वय नै नगरि विभिन्न योजनाहरुको शिलान्यास गर्न भरतपुर आउदैं गरेका ओलीको विरोधमा नेकपा निकट युवा विद्यार्थीहरुले शनिवार बिहानै बिरोध प्रदर्शन गरेका हुन्।अनेरास्ववियूका विद्यार्थीहरुले भरतपुरको लायन्स चौक, पुल्चोक, चितवन मेडिकल कलेज लगायतका स्थानमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।              आज दिउँसो प्रधानमन्त्री ओली भरतपुरमा निर्माण हुन थालेको गोन्द्राङ–पुल्चोक ६ लेनको सडक र सिटी हलको शिलान्यास गर्न आउन लागेका हुन् ।