आजको सुदूपश्चिम सभाले ओलीको घमण्ड समाप्त बनाइदिए छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, माघ १७ २०७७
7.5K
SHARES

१७ माघ काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली समूह पार्टीमा मात्रै नभएर सडकमा पनि एकतिहाइ मात्रै भएको बताएका छन्। ओलीले सुदूपश्चिममा सभा गरेपछि फुर्कंदै/घमण्ड गर्दै हिँडे पनि आजको सभाले ओलीको घमण्डलाई चकनाचुर बनाइदिएको उनको भनाइ थियो।

प्रतिनिधिसभा विघटनको विरुद्ध आज धनगढीमा आयोजित सभामा उनले ओली पार्टीमा मात्रै होइन सडकमा पनि एकतिहाइ हो भन्ने आजको प्रदर्शनले सावित गरिदिएको बताए। ‘सुदूर पश्चिम झुक्दै झुक्दैन भन्ने संदेश जनताको यो उपस्थितिले दिएको छ,’ प्रचण्डले भने, ‘केपी ओली केन्द्रीय समितिमा एक-तिहाइ पनि थिएनन्। सडकमा पनि केपी ओली एक तिहाई हो। तपाईंहरुले तिमी फुच्चे नै हो भनेर सावित गरिदिनुभयो।’

‘आफूले आफैँलाई खलनायक स्थापित गर्नुभएको छ केपी ओलीले,’ उनले भने, ‘यसो भनिरहँदा मलाई दु:ख लागिरहेको छ।’ आफूहरु ध

प्रचण्डले पछिल्लो समय देखिएको प्रतिगमन र प्रतिक्रान्तिको खतराको विरुद्धमा जनता जुर्मुराएको देखेर खुसी लागेको बताए। ‘सुदूरपश्चिमका जनता महान छन्,’ उनले भने।

उनले अहिले संसद विघटन नभएर केपी सरकार विघटन भएको उनको भनाइ छ। ओलीलाई संसद विघटनको अधिकार संविधानले नदिएको पनि उनको भनाइ छ। ‘संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको छैन। विशेष स्थितिमा मात्रै संसद विघटनको बाध्यता आउँछ। अहिले त्यस्तो अवस्था छैन। उहाँले जबरजस्ती गर्नुभयो।’

एक जना व्यक्तिले जबरजस्ती भंग भयो भनेर भन्दैमा मान्न नहुने उनको भनाइ थियो। ‘केपी ओलीले संसद मर्‍यो भनेर घोषणा गरेका छन्। तर, मरेको छैन हामी मरेका छैनौं। संसद भंग भएको भएको छैन। एक जना व्यक्तिले जबरजस्ती भंग भयो भनेर भन्दैमा मान्नुपर्ने छैन।’