ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ -नेता पाण्डे


Capital Headline
प्रकाशित मिति : आइतबार, माघ १८ २०७७
6.9K
SHARES

काठमाडौं, १८ माघ । नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीहरुको भीडमा बसेर उल्टो बाटो हिँड्न खोजेको आरोप लगाएका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार माइतीघर मण्डलामा आयोजित धर्नालाई सम्बोधन गर्दै नेता पाण्डेले ओलीमाथि हिन्दु राज्य बनाउने कोशिस गरेको आरोप लगाए । केही दिन पहिले पशुपतिमा गएको र शनिबार चितवनमा पुगेर राम मन्दिर बनाउने घोषणा गरेको भन्दै उनले भने, ‘अब ओली कम्युनिस्ट आन्दोलन अगाडि बढाउन होइन, नयाँ मठाधीश बनेर धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्ट गरिरहेका छन् ।’‘यही २३ गते ओलीले हिन्दु राष्ट्र घोषणा गर्छन् भन्ने चर्चा चल्दैछ । ओली यो बाटोमा लाग्न सक्छन्’ उनले अघि भने ।