संयुक्त आन्दोलन जरुरी छ – डा. भट्टराई


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २० २०७७
4K
SHARES

२० माघ अर्घाखाँची। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले देशमा प्राप्त उपलब्धिको रक्षाको लागि देशमा संयुक्त आन्दोलनको जरुरी रहेको बताएका छन् । उनले अर्घाखाँचीको सन्धिखर्कमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा गणतन्त्रको रक्षाका लागि आन्दोलनकारी दलहरु एक भएर आन्दोलनमा उत्रनुपर्ने बताए।अध्यक्ष डा. भट्टराईले जनताको मतबाट निर्वाचित प्रतिनिधिसभा विघटन गरेर जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने प्रयास भएको बताउँदै वैशाखमा निर्वाचन हुने कुनै सम्भावना नरहेको उल्लेख गरे।