बन्दको लागी नेकपा ५ बजे नै सडकमा आउने
२१ माघ काठमाडौ । नेकपाको प्रचण्ड-नेपाल पक्ष बिहीबारको बन्दलाई सशक्त बनाउने लागिपरेको छ । जसअनुसार काठमाडौं उपत्यकामा बन्दलाई प्रभावकारी बनाउन ५ बजे नै सो पक्ष सडकमा आउने बताइएको छ। प्रचण्ड नेपाल पक्षले बिहान ५ बजे नै नेता कार्यकर्तालाई भेला हुनका लागि १० ठाउँ सार्वजनिक गरेको छ।
नेता हिमाल शर्माले गोंगबुचोक, बालाजु चोक, नारायण गोपाल चोक, चाबहिल चोक, भोटाहिटी चोक, बल्खु चोक, कोटेश्वर, कलंकी चोक, फर्पिङ चोक र नागाढुंगा नाकामा ५ बजे नै भेला हुनका लागि ठाउँ तोकिएको जानकारी दिए।
नेकपा प्रचण्ड–नेपाल पक्षले पूर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर बिहीबार आम हड्तालको घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली ५ पुसमा प्रतिनिधिसभा विघटन निर्णय लिएपछि नेकपाको प्रचण्ड(नेपाल पक्ष आन्दोलित छ।