प्रहरी हस्तक्षेप सैह्य हुँदैन – पुन


Capital Headline
प्रकाशित मिति : बिहिबार, माघ २२ २०७७
3.2K
SHARES

२२ माघ काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी समिति सदस्य वर्षमान पुनले संविधानको उल्लंघन रोक्नका लागि हड्ताल गर्नु परेको जिकिर गरेका छन्।

बिहीबार काठमाडौंको चाबहिल क्षेत्रमा आमहड्तालको नेतृत्व गरिरहेका पुनले संसद् विघटनको बहस चलिरहेका बेला संसदीय सुनुवाइबिना नै संवैधानिक आयोगका पदाधिकारीहरुलाई शपथग्रहण गराएर संविधानको उल्लंघन गरिएको बताए।

उनले आन्दोलन गर्नु रहर नभएको बताए। आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप असह्य हुने उनले उल्लेख गरे।

‘शान्तिपूर्ण आन्दोलनमा सरकारको हस्तक्षेप असह्य हुन्छ। शान्तिपूर्ण आन्दोलन गर्न पाइन्छ। सरकार आतंकित भएको छ। जनतासँग आतंकित हुनु निरंकुश सरकारको विशेषता हो। हामी मुठभेढ चाहँदैनौँ। प्रहरी मुठभेढ चाहन्छ भने त्यो उसको जिम्मा हो,’ पुनले भने।