ओलि सत्ता टिकाउन चुनाबको नाटक गरे – नेता भट्टराई
२३ माघ संखुवासभा। जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले ओलीले सत्ता लम्ब्याउन चुनावी नाटक गरेको बताएका छन्।
संखुवासभाको खाँदबारीमा बिहीबार जनता समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले ओलीले सत्ता लम्ब्याउन चुनावी नाटक गरेको आरोप लगाएका हुन्।
प्रतिनिधिसभा पुनःस्थापनाबिना कुनै पनि हालतमा निर्वाचन नहुने बताए। प्रतिनिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जाने विषयमा कांग्रेस बाधक भएको उनले बताए। संयुक्त आन्दोलनका लागि कांग्रेसले ढुलमुले चरित्र देखाएको उनले बताए।