आज नेकपा ओली पक्षको बृहत् सभा हुँदै
२३ माघ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज बृहत् सभा आयोजना गर्दैछ । काठमाडौंको नारायणहिटी दरबार अगाडिको सडकमा आज बृहत् सभा हुन लागेको हो ।
नेकपा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौं उपत्यकासहित १३ जिल्ला र देशभरबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताए ।
मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापालगायतका नेताले सम्बोधन गर्दैछन् ।
सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ ।
सभाका लागि दरबारमार्गको सडक अगाडी रहेका डिभाइर हटाइएको छ । यसअघि त्यहाँ सडक बीचबाट सावरीसाधन फर्काउन नमिल्ने गरी स्टिलको पक्की डिभाइडर रहेको थियो । प्रधानमन्त्रीले सम्बोधन गर्ने बृहत् सभा हुने भएपछि डिभाइडर हटाइएका हुन ।