म एमसीसीको पक्षमा छैन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ २३ २०७७
5.2K
SHARES

२३ माघ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् । बिहीबारको आम हड्तालको अनुगमनका क्रममा नेता-कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाएपछि प्रचण्डले रोकेका थिए । त्यसै विषयमा शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले आन्दोलनका लागि तय भएका नारामात्रै लगाउन भनेको तर आफू एमसीसीको समर्थनमा नरहेको प्रष्ट्याएका हुन् । “सत्यको पक्षमा लडाइँमा छौँ, पार्टी भित्रको विषय मात्र होइन” प्रचण्डले सञ्चारकर्मीसँगको साक्षात्कारमा भने, “प्रतिगमन नै हो, आन्दोलनको विकल्प छैन ।”

अब पनि आमहडताल हुनसक्छ भन्दै प्रचण्डले अन्याय र अत्याचार बढ्दै गएमा कठोर आन्दोलन गर्नुपर्ने बताएका छन ।