वार्ता गर्ने भए विप्लवमाथि लगाएको प्रतिबन्ध हटाऊ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ २३ २०७७
7.7K
SHARES

२३ माघ काठमाडौं । आज नेकपा प्रचण्ड माधव समूहले विप्लव समूहसँग वार्ता गर्ने भए सरकारले प्रतिबन्ध हटाउनुपर्ने बताएको छ । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्ड साधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव वार्तामा आए आफूहरुको समर्थन रहने बताए ।

हिजो पनि आफूहरु विप्लवहरुलाई प्रतिबन्ध लगाउनुभन्दा मुल धारमा ल्याउन सके राम्रो भन्ने पक्षमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा छलफल नै नगरी प्रतिबन्ध लगाएको उनले बताए ।