ओलीको निरंकुशतन्त्र ढल्छ – रावल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ २३ २०७७
6.5K
SHARES

२३ माघ काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना देखिरेको बताएका छन्।

शुक्रबार ओली पक्षको सभामा सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले मांशहारी आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने चेतावनी दिएपछि रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्तो बताएका हुन्। सामाजिक सञ्जाल ट्विटरमा रावलले लेखेका छन,‘ प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रमं ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ ।निरंकुशतन्त्र ढल्छ।’