मैले सूर्यबाहेक अरुबाट चुनाव लडेको छैन – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २७ २०७७
4.7K
SHARES

२७ माघ काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको मध्यावधि निर्वाचनको तयारीबारे जानकारी लिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओली आज बहादुर भवन पुगे ।आयोगमा विचाराधीन रहेको आधिकारिकता विवादतर्फ इंगित गर्दै उनले सूर्यबाहेक अरू कुनै चिह्नबाट आफूले निर्वाचन नलडेको बताए । पार्टी एकता हुँदा पुष्पकमल दाहाल प्रचण्डसँग सूर्य चिह्न कायम गर्ने सहमति भएको, तर एकता नटुंगिदै दुर्भाग्यपूर्ण अवस्था आएको भन्दै उनले भने, ‘कहिल्यै सूर्य चिह्नबाट चुनाव नलडेको प्रचण्ड र मेरा बीचमा सहमति भयो, हामीले एकता गर्‍यौं । एकताको प्रक्रिया टुंगिन पाएको थिएन, फेरि दुर्भाग्यपूर्ण अवस्था आयो ।’