आन्दोलनको आँधीबेहरी ल्याउँछौं – नेता तामाङ
२९ माघ काठमाडौं । आज अनेरास्ववियूका नेता रन्जित तामाङले आन्दोलनको आँधीबेहरी ल्याउने बताएका छन् ।
नेकपा प्रचण्ड–नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको भन्दै उनले आन्दोलनको आँधीबेहरी ल्याउने बताएका हुन् । लोकतन्त्रमा बोलेकै कारण गिरफ्तार गरिने कार्य कदापी स्वीकार्य नहने पनि उनले स्पष्ट पारेका छन् ।
लोकतन्त्रमा बोलेकै कारण गिरफ्तार गरिने कार्य कदापी स्वीकार्य हुन्न’, उनले भने, ‘लोकतन्त्रका लागि लड्यौं, त्यहीँ लोकतन्त्रमा बोलेकै आधारमा पक्राउ हुनुपर्ने ? अब आन्दोलनको आँधीबेहरी ल्याउँछौं । यो तानाशाहीकरण हो ।’