झाँक्री रिहाई हुदै
२८ माघ काठमाडौ । आज नेपाल प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गर्ने तयारी गरेको छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर बिहीबार दिउँसो पक्राउ परेकी झाँक्रीलाई आजै छाडिने सम्भावना रहेको प्रहरी स्रोतले जनाएको छ ।झाँकीलाई जहाँबाट गिरफ्तार गरिएको हो त्यहीं पुर्याइदिन उनका समर्थकले प्रहरीसमक्ष अडान राखेका छन्। यस विषयमा महानगरीय अपराध महाशाखा मिनभवनमा दुवै पक्षबीच छलफल भइरहेको छ। प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ।