आगामी निर्वाचनमा ५० लाख मत गनेर ल्याउँछौँ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १ २०७७
6.8K
SHARES

१ फागुन काठमाडौं । आज प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आउने बैशाख महिनामा हुने चुनावमा नेकपाले ५० लाख मत गनेर ल्याउने बताउनुभएको छ ।

बुटवलमा आयोजना गरेको वृहत जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनसमर्थन छ भन्नेलाई चुनावमा आउन सुझाव दिनुभयो । उहाँले प्रत्यक्ष तर्फ  नेकपाले बहुमत ल्याएर देखाउने पनि दाबी गर्नुभयो । ‘त्यसबाट घटाएर देखाउनुस् न’, विपक्षीलाई ओलीले चेतावनी दिनुभयो ।

काम गर्न नदिने र अप्ठेरोमा पार्ने काम आफ्नै पार्टी भित्रबाट भएपछि प्रतिनिधि सभा विघटन गरिएको उहाँले प्रष्ट पार्नुभयो । ‘बहुमतको प्रधानमन्त्रीको हैसियतले मैले प्रतिनिधि सभा विघटन गरेको हो’, प्रधानमन्त्रीले भन्नुभयो ।

अब कतै नअल्मिएर सोझै जनमतमा जानु पर्ने प्रधानमन्त्रीले बताउनुभयो । कसका कति मान्छे छन् भन्ने कुरा मतपत्र गनेरै हेर्ने उहाँले बताउनुभयो । उहाँले बैशाखमा हुने निर्वाचनलाई कसैले रोक्न नसक्ने बताउनुभयो । निर्वाचन तोकिएकै दिनमा हुने उहाँले प्रष्ट पार्नुभयो ।

कुन पार्टी आधिकारिक र सूर्य चिन्ह कसको भन्ने विषयमा छलफल गर्न आवश्यक नै नभएको उहाँको भनाइ छ । सूर्य चिन्ह नेकपाले दर्ता गरेकोले यो कसको हो भन्ने प्रश्न गर्ने ठाउँ नै नभएको उहाँले बताउनुभयो ।