बाबुराम र मलाई इतिहासले अलग हुन दिँदैन – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन १ २०७७
13.9K
SHARES

१ फागुन काठमाडौ ।  काठमाडौंमा आयोजित ‘गुमनाम आमाहरुको कथा’ पुस्तक विमोचन समारोहले लामो समयपछि पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई एउटै मञ्चमा भेट गराए । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको सो पुस्तक विमोचन समारोहमा प्रचण्ड एक वक्ता थिए ।

प्रचण्डसहित सो समारोहमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा वरिष्ठ नेता अशोक राईलगायतको उपस्थिति थियो ।

सो समारोहमा प्रचण्डले बाबुरामसँग एउटै पार्टीमा नरहे पनि राजनीतिक मुद्दा र एजेण्डामा आफूहरू एकै ठाउँमा रहेको बताए । प्रचण्डले भने, ‘हामीलाई इतिहासले अलग हुन दिँदैन । ती हजारौं सहिदले हामीलाई अलग हुन दिँदैनन् ।’