विप्लव सहित ४२ विरुद्ध नयाँ ज्यान मुद्दा


Capital Headline
प्रकाशित मिति : मंगलबार, फाल्गुन ४ २०७७
13.8K
SHARES

४ फागुन काठमाडौ । मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठ प्रकरणमा प्रतिब’न्धित विप्ल’व नेकपाका ४२ जना नेता तथा कार्यकर्ताविरुद्ध जिल्ला अदालत मोरङमा अपह’रण र कर्त’ब्य ज्या’न मु’द्दा दर्ता भएको छ ।

मिक्लाजुङ गाउँपालिका – १ को सरस्वती आधरभूत विद्यालयका प्रधानध्यापक ५३ वर्षिय श्रेष्ठको २३ मंसिरमा अप’हरणपछि घा’टी रेटे’र ह’त्या गरिएको अवस्थामा श’व फेला परेको भन्ने प्रहरीले रिपोर्ट तयार पारेकोछ । सु’राकी गरेको आ’रोपमा श्रेष्ठलाई विप्लव नेकपाका ६ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट अप’हरण गरी जंगलमा लगेर ह’त्या गरेका प्रहरीकाे दावी छ ।

अनुसन्धान पश्चात प्रहरीले विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्डसहित ४२ जनालाई मु’द्दा चलाउनुपर्ने प्रतिवेदन बुझाएको थियो । त्यसआधारमा जिल्ला सरकारी वकिलको कार्यालयमा सोमबार मु’द्दा दायर गरेको हो । मु’द्दामा मंगलबारबाट थुनछेक बहस हुने जिल्ला सरकारी वकिलको कार्यालय मोरङका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

प्रतिवादीहरुमध्ये एकजना मात्रै प’क्राउ परेका छन् । विप्लव नेकपाका मोरङ इन्चार्ज डिवि सिलवाल भनिने धनबहादुर विक प्रहरी हिरासतमा छन् । बयानका क्रममा उनले ह’त्यामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

अभियोगपत्रमा कपिलवस्तु शिवराज नगरपालिका- ९ का ५३ वर्षीय नेत्रविक्रम चन्द विप्लव, कालिकोट नरहरीनाथ गाउँपालिका- ६ का ५२ वर्षीय खड्गप्रसाद विश्वकर्मा प्रकाण्ड, रोल्पा थवाङ गाउँपालिका- १ का ५२ वर्षीय विशम भन्ने सन्तोष बुढामगर जाजरकोटका ४२ वर्षीय दिपक चलाउने, संखुवासभाका मादी नगरपालिका- ४ का ३५ वर्षीय धनबहादुर विकलाई प्रति’वादी बनाइएको छ ।

त्यस्तै मोरङ केराबारी गाउँपालिका- ६ का ४५ वर्षीय प्रताप भन्ने थमनसिंह राई, खोटाङ साकेला गाउँपालिका १ का ४१ वर्षीय शैलेस भनिने चन्द्रबहादुर बुढाथोकी, झापा गौरीगञ्ज- १ का २६ वर्षीय सञ्जय राई, भोजपुर षडानन्द नगरपालिका- २ का ४६ वर्षीय विवश भन्ने पुष्पलाल चौलागाई, धनकुटा शहिदभूमी गाउँपालिका- १ का ३३ वर्षीय दर्शन भन्ने नविन राई, धनकुटा पाख्रिबास नगरपालिका- २ का २६ वर्षीय दर्शन थापा भन्ने विशाल मगर, काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका- ५ का ५४ वर्षीय आकाश भन्ने माधव गौतम, संखुवासभा चैनपुर- ४ मैदानेका ३० वर्षीय उत्तरकुमार राई भन्ने युवराज राई, भोजपुर ट्याम्केमयुम- ७ का ४१ वर्षीय भीम भन्ने कुमार राईलाई पनि प्रति’वादी बनाइएको छ ।

खोटाङ दिप्रुङचुइचुम्मा गाउँपालिका- ७ का ४३ वर्षीय संजिव मगर, सोलुखुम्बु महाकुलुङ- १ गाईखर्कका ३६ वर्षीय ङवाङनुरु भन्ने पेम्बा शेर्पा, ओखलढुङ्गा लिखु – ७ का ३१ वर्षीय अमृत सागर भन्ने योगेन्द्र बस्नेत, गोर्खाको अजिरकोट गाउँपालिका ३ का ४१ वर्षीया शिलु भन्ने उमा भुजेल, झापा दमक-२ का ३० वर्षीय सुमनसिंह पौडेल, सोलुखुम्बु सोताङ- १ का ३५ वर्षीय बालकुमार राई भन्ने राकेश राई, भोजपुर रामप्रसादराई गाउँपालिका- ४ दलेगाउँका २५ वर्षीय चाम्स भन्ने मिलन राई, संखुवासभा चैनपुर – ४ मैदानेका २२ वर्षीय नाती भन्ने बासन राई, ताप्लेजुङ मिक्वाखोला गाउँपालिका- ४ का २२ वर्षीय अखिल भन्ने मनोज भुजेल, ताप्लेजुङ्ग मिक्वाखोला- १ का २३ वर्षीय लुङ्गा भन्ने सुदम लुङखिम्बा (लिम्बु) वि’रुद्ध मु’द्दा दायर गरिएको छ ।

त्यस्तै भोजपुर पौवादुङ्मा गाउँपालिका- ३ का २६ वर्षीय उमेश खत्री, ताप्लेजुङ मिक्वाखोला- ५ का २९ वर्षीय संग्राम भन्ने पुर्णबहादुर लिम्बू , धनकुटाका २४ वर्षीय आशिष भन्ने बिक्रम राई, मोरङ मिक्लाजुङ- १ का २२ वषर्ीय बिर्जुम भन्ने श्रीमान राई, ताप्लेजुङ मिक्वाखोला- १ का २५ वर्षीय विशाल लिम्वु, ताप्लेजुङ फाक्तालुङ गाउँपालिका- २ का २५ वर्षीय संगम आङदाम्बे, भोजपुर पौवादुङमा- ४ का २४ वर्षीयअनुस्का राई, ताप्लेजुङका २५ को हेतु साउदेन, ईलाम देउमाई नगरपालिका- ७ का ३६ वर्षीय मौषम भन्ने जितमान राई, ४५ वर्षीय अविनाश भन्ने डम्बर मगर र मिक्लाजुङ ८ का ४५ वर्षीय महावीर भनिने जितेन्द्र महरालाई पनि प्रति’वादी बनाइएको छ ।

विप्लवको निर्देशनमा जितेन्द्र महरासहित ६ जनाले अप’हरणपछि ह’त्या गरेको अभियोग पत्रमा दा’बी गरिएको छ । शिक्षक श्रेष्ठ आफ्नो कर्तव्यका खातिर राजनीतिक प्रतिसाेध राखेर विप्लवका नेता कार्यकर्ता विरुद्ध लागेको र छवि पनि राम्रो नभएको जानकारहरु बताउछन् ।