कांग्रेस महाधिवेसन सर्यो : भदौ ७–१० गते गर्ने सहमति


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन ५ २०७७
5.1K
SHARES

५ फागुन काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच महाधिवेसनको मिति तय गर्ने सहमति भएको छ । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० सम्म गर्नेगरी कार्यतालिका ल्याउन सभापति र बरिष्ठ नेताबीच सहमति भएको हो ।

फागुनमा गर्ने भनिएको महाधिवेसन असम्भव भएपछि नयाँ मिति तोक्न उनीहरुबीच सहमति भएको हो । कांग्रेस विधान अनुसार कांग्रेसले भदौभित्र महाधिवेसन गर्नैपर्ने बाध्यता छ । दुई नेताबीच सहमति भएपछि केन्द्रीय कार्यसमिति बैठक केन्द्रीय कार्यालय सानेपामा केहीबेरपछि सुरु हुनेछ ।