सूर्य चिन्ह केपी ओली नेतृत्वको पार्टीले पाँउछ – नेम्वाङ
६ फागुन काठमाण्डौं । नेकपा ओली समुहका नेता सुवास नेम्वाङले आगामी आम निर्वाचन तोकिएकै समयमा हुने दाबी गरेका छन् ।
ईलाममा आज आयोजित कार्यकर्ता भेटघाटमा नेम्वाङले तोकिएको समयमा निर्वाचन हुने भएकाले तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिए ।
प्रधानमन्त्रीलाई २ सय प्रतिशत उपयुक्त लागेर संसद भंग गरी निर्वाचनको घोषणा गरेकाले यस विषयमा सर्वोच्चले समेत अन्तरीम आदेश नदिएकाले निर्वाचन भएरै छाड्ने नेम्वाङको जिकिर छ ।
संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार हुने गरेको दावी गर्दै नेम्वाङले सूर्य चिन्ह पनि ओली नेतृत्वको नेकपाले नै पाउने ठोकुवा गरे ।