प्रदेश प्रमुख परियार पदमुक्त


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७ २०७७
3.2K
SHARES

७ फागुन काठमाडौं । आज प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्बाट आएको निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गर्दै प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालय शितल निवासले आज एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परियार पदमुक्त भएको जानकारी गराएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ ९१० को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाएको छ । परियार तत्कालीन नेकपामा पूर्वमाओवादीका नेता हुन्।