ओली नेतृत्वको सरकारमा जान्न – नेता गौतम


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ७ २०७७
6.9K
SHARES

७ फागुन काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सञ्चार माध्यमले चरित्र गर्ने हत्या दुष्ट प्रयत्न गरेको जनाएका छन् ।

केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री सहित गौतम जान लागेको समाचार आएपछि उनले एक विज्ञप्ति जारी गर्दै आफ्नो चरित्र हत्या गर्न खोजिएको जनाएका छन् । गौतमले यस्ता समाचारमा विश्वास नगर्न समेत अपिल गरेका छन् ।

आफ्नाविरुद्ध गलत र भ्रामक प्रचार गरिएको भन्दै ओली नेतृत्व सरकारमा नजाने गौतमले जनाएका छन् ।