संसद पुनःस्थापना हुन्छ – नेता श्रेष्ठ
८ फागुन काठमाडौ । आज नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीबाट विघटित संसद पुनःस्थापना हुने दाबी गरेका छन्।काठमाडौंमा आयोजित अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘संसद पुनःस्थापना हुन्छ। सरकारको गुटको कदम सफल हुदैन।’
उनले जनताको बलिदानबाट सात दशक लामो उपलब्धिलाई कुल्चन कसैलाई पाउन अधिकार नभएको बताए। अदालतले आफ्नो पक्षमा निर्णय नगरेको खण्डमा जनताको अदालतले सत्य र गलत छुट्टिने तर्क गरे। ‘उनले भने संसद पुनःस्थापनाको मुद्दा अदालतमा छ। हामीलाई पूर्णरुपमा विश्वास छ। तर, त्यस्तो नभएर जनताको अदालतले निर्णय गर्नुपर्छ।