शेरबहादुर तामाङ र उषाकला राई ओली पक्षमा


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन ८ २०७७
7K
SHARES

८ फागुन काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य उषाकला राईले प्रचण्ड-माधव नेपाल समूह परित्याग गरेका छन् ।

शेरबहादुर र उषाकला दम्पती आजै केपी ओली पक्षमा खुल्ने भएका छन् । तामाङ पार्टी विभाजन लगत्तै एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड-माधव पक्षमा लागेका थिए । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद समेत रहेका तामाङले भने–प्रचण्डलाई नेता मानेर उनलाई बोकेर हिंड्न सकिएन, त्यसैले हामी अब संस्थापन नेकपामा नै छौं।