कुखुराको भालेले मार्यो आफ्नै मालिक, प्रहरीले भालेलाई अदालतमा पेश गर्ने !


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन १९ २०७७
10.2K
SHARES

१९ फागुन एजेन्सी । भारतको तेलंगनामा कुखुराको भालेले संघर्षका कममा आफ्नै मालिकलाई मारिदिएको छ । विविसीका अनुसार भाले जुधाई प्रतियोगीताका लागि मालिकले कुखुराको खुट्टामा ३ ईन्च लामो धारिलो चक्कु बाँधिदिएका थिए । भाले जुधाईका लागि लानलाई सो भालेलाई समात्ने क्रममा कुखुरा भाग्ने क्रममा भालेको खुट्टामा भएको चक्कुले लागेर घाईते भएका मालिकको उपचारको क्रममा मृत्यु भयो ।

भारतीय प्रहरीले सो भालेलाई नियन्त्रणमा लिएर एउटा फर्ममा राखेको छ । साथै भाले जुधाईको अवैध लँडाईको आयोजना गर्ने, सट्टेबाजी गर्ने १५ जनाको खोजी गरीरहेको जनाएको छ ।
तेलंगनाको लोतुनुर गाँउको यो घटना भएको बताईएको छ । अधिकारीहरुका अनुसार सो भालेलाई मालिकको मृत्युका सम्बन्धमा केही दिनमा अदालतमा पेश गर्ने तयारी भएको छ ।
भाले जुधाई प्रतियोगीता भारतमा सन् १९६० देखि नै प्रतिवन्ध गरिएको थियो । आम रुपले मकर संक्रान्तिको समयमा भाले जुधाई प्रतियोगीता आयोजना गर्ने गरीन्छ ।

कुखुराको भालेले आफ्नै मालिक मारेको भारतमा यो नै पहिलो घटना भने हैन, यस अघि पनि आन्ध्र प्रदेशमा कुखुराको खुट्टामा बाँधिएको चक्कुले गर्दनमा लाग्दा मालिकको ज्यान गएको थियो ।